जंगली कथा-ब्यथा

वन्यजन्तु मानव सहायता बिना नै प्रकृतीमा वाचिरहेका या घरपालुवा नबनाइएका जीवजन्तुको समूह हुन । चाहे समथर भुभाग हुन या उजाड मरभुमि । हरिया जङ्गल हुन या उच्च हिमाल । हरेक पर्यावरणमा रमाउदै वासस्थान बनाउदै प्रकृतिका विविध रूपहरूमा वन्यजन्तु आफुलाई सजाइरहेका हुन्छन । विरालो, कुकुर, मुसा केही एस्ता जीव समूह हुन, जो समयानुकुल मानव पर्यावरणमा पनि रहन सिपालु भए । मानिसलाई रिझाउने कलामा खुबीप्राप्त भए अनि आफ्नो जीवनचक्र मानिसको वरपर विताउन सफल भए । तर हरेक जनावर घरपालुवा गराउन सकिने भन्ने पनि छैन । जनावरलाई मानिस सामिप्यता बढाउदा तिनका आवेगहरु, डर, त्रासहरुमा केहि नियन्त्रण गर्न सकिएला । तर जंगली जनावर लाखौ वर्षदेखि जंगलमा रहदै आएका जीव हुन । तीनमा जंगलमा वातावारणमा हुर्कने, बाच्ने गुणहरु वंशानुगत रुपमा नै रहेको हुन्छ । त्यसैले जंगली जनावरलाई सजिलै पाल्तु या घरपालुवा बनाउन सकिने भन्ने चै छैन । कतिपय जनावरहरुमा केहि हदसम्म सजिलो भए पनि कतिपयलाइ भने विल्कुलै असम्भब हुन जान्छ ।

विश्व वन्यजन्तु संरक्षण कोषकै अनुसार १९७० एता विश्वभरमा वन्यजन्तुको सङ्ख्या ५२% ले घटेको पाइएको छ । करोडौ वर्ष देखि रहि आएका जीवजन्तुमा केवल केही शताब्दीमा एत्तिको कमि आउनु साच्चै चिन्ताको विषय हो । मानव विकासक्रमलाई नै हेर्दा अनेक औजारको उचित प्रयोग गर्न सिपालु मानिस, ढुङ्गे युग देखि नै वन्यजन्तुलाई खानाको रुपमा प्रयोग गर्दै आइरहेको छ । येहि क्रममा कतिपय जीवहरु सिकारको क्रममा लोप भएर गए जस अन्तर्गत विशाल डोडो चरा (न्युजील्याण्डबाट), उच्च हिमाली हात्ती मामथहरु थिए । पछिल्लो समय ब्याप्त चोरी सिकारीको मारमा परि पश्चिम अप्फ्रिकी गैडा लोप भयो । अष्ट्रेलियाबाट तास्मानियन बाघ भनेर चिनिने थिलासाइन्स लोप भयो । १९७० तिर इन्डोनेसियामा पाइने जाभा बाघ लोप भयो ।



 मदगास्कार टापु आसपास रहने यी नउड्ने डोडो चरा पनि मानिसकै कारण लोप भएको मानिन्छ (स्रोत: इनसाइक्लोपेडीया)


धेरै चोरी निकासी तथा संरक्षण बेवास्ताले लोप भैसकेको पश्चिम अफिकी कालो गैडा (स्रोत: आइ। यु। सी। एन)



कुनै समय मध्य चाइना देखि युरोप नजिकको टर्की सम्म घुम्ने क्यास्पियन बाघ अहिले लोप भैसकेको छ । (स्रोत: हेल्मट डिलेर)

पुर्वी एसीया मुख्य रुपमा चाइना तथा आसपासका राष्ट्रहरुमा हाल पनि सार्क, माछा, सालक, लाटोकसेरो तथा अन्य वन्यजन्तुहरु खाने परम्परा छ । तिब्बततिर जंगली याकको सिङ्ग सजाउनुलाई शक्तिको प्रतिक मानिन्छ । सालकका खपटा तथा गैडाको सिंगको पनि त्यस्तै अन्धविश्वास रहेको छ । तिनलाई शक्ति तथा धनि जीवन शैलीको प्रतिक मानिन्छ । कतिपय जंगली जनावरहरु शरिरमा उर्जा तथा यौन शक्ति बढाउने विश्वास पनि मारिन्छन, जबकी त्यसको कुनै वैज्ञानिक आधार छैन । ब्राजीलको अमेजन क्षेत्रबाट कछुवा, यानाकोन्डा लगायतका घस्रने जीवहरुको व्यापक चोरी निकासी हुने गरेको छ । नेपालमा नै सजावटको लागि एकसिङ्गे गैडाको सिङ्ग, सालकको खवटा, हात्तिको टष्क आदिको चोरि निकासी हुने गर्दछ । नेपाल सरकारको क्रियाशिल सक्रियताले गर्दा अहिले भने गैडाको सिङ्गको चोरी निकासी घट्दो अवस्थामा नै छ ।

वन्यजन्तु पर्यटनको पनि विशेष आकर्षण हुन । चितवनमा गैडा त लाङटाङमा हाब्रे, वर्दियामा घडीयाल अनि बेङ्गाल बाघ त रारातिर कस्तुरी मृग अनि हिउँ चितुवा साथै सगरमाथा क्षेत्रतर्फका डाफे, कालिज तथा चिलिमे जस्ता चरा । उसै त सुन्दर पर्यावरणमा यी वन्यजन्तुले थप आकर्षण बढाइरहेछन । तर जसरी नेपालका अनेकौ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणमा हजारौ पृथक जीवजन्तुहरु आनन्दले रहन पाइरहेका छन्, तर ती निकुन्जको मध्यवर्ती क्षेत्र तथा आसपासका क्षेत्रमा मानव चाप बढेका कारण वन्यजन्तुहरु मानिससंग द्वन्दको अवस्थामा आउदछन । निकुन्जका वन्यजन्तुहरु मानिसका खेत वारीमा आएर चरीदिने तथा फडानी गरिदिने जस्ता समस्याले कतिपय समय मानिसको नै सिकार बन्न पुग्दछन । अबोध वन्यजन्तुलाई पक्कै पनि यो ठाउमा जानु हुन्छ र यहा जानु हुन्न भन्ने थाहा हुदैन । यो वर्षनै तथ्यांकका अनुसार चितवनमा स्थानियहरुले गैड़ाले आफ्नो वाली नाली सखाप बनायो भनेर रिसले खेत वारिमा रासायनिक विख छोड्न थाले जसको कारण ४ ओटा एक सिंगे गैडाको मृत्यु भएको जनाइयो ।

पछिल्लो समय वासस्थान विनास, मौसम परिवर्तन, सहरिकरण अनि प्रदुषण जस्ता विषयबाट वन्यजन्तु अत्याधिक प्रभावित छन । साथै चोरिसिकारी, भौतिक विकासको क्रममा वासस्थान विभाजन, इन्भेसिभ (आक्रमक) प्रजातीका जीवहरुको प्रबेश आदि अन्य कारणहरुले हजारौ वन्यजन्तु लोपुन्मुख अवस्थामा छन । कतिपय समय प्रकृतिक कारणले पनि वन्यजन्तु असरमा पर्दछन् । अप्रत्यासित रुपमा हुने मौसम परीवर्तनसंग मिल्न नसक्दा वन्यजन्तु हराउने सम्भावना पनि हुन्छ । एक वर्ष अघि खप्तड क्षेत्रमा भएको उच्च हिमपातको असरले निकुञ्जका कयौ वन्यजन्तु मरेका, कति मानव वस्ती तर्फ छिर्दा मारिएका खबर आएको थियो । अश्ट्रेलियाको अनियनत्रीत आगलागीको कारण पाच करोड भन्दा बढी वन्यजन्तु मृत्यु भएको खबर आयो । कति पृथक रुख, विरुवा तथा साना जीवहरु हराए त्यसको त कुनै आन्ग्कलन नै छैन । पक्कै मौसम जस्तो बृहत् विषयमा हाम्रो प्रत्यक्ष नियन्त्रण त नहोला तर यस किसिमको  जटिल माहोलमा हामी जैविक विविधता संरक्षणमा उभिनै पर्छ । मौसम परिवर्तन गराउने कारक तत्व कार्वन, जस्को व्यापक उत्सर्जन गराउने कार्यमा हामी सम्लग्न छौ । त्यसले प्रत्यक्ष रुपमा पृथ्वीको वायुमंडल तताउदछ । तातो पृथ्वीमा यस किसिमका अनियन्त्रित आगलागी, भयानक वाढी पहिरो, तथा अन्य मौसम परिवर्तनका घटनाहरु स्वाभाविक हुदै जानेछन । पृथ्वी, यहाका जैविक विविदता संरक्षणको दायित्वबाट पन्छीएर हामी मानवतामा कहा पुग्छौ ? वन्यजन्तुको घट्दो संग्ख्या, अहिलेको बढ्दो समस्यामा हामी उत्तरदायी हुनै पर्छ । नेपालका केहि विषयहरु सकारात्मक छन् । २००९ मा १२१ को संग्ख्यामा  पुगेको पाटे बाघको संग्ख्या १० वर्षमा नै २३५ भन्दा माथि (लगभग  दोब्बर) पुर्याउन हामी सफल भएका छौ । एकसिंगे गैडाको संग्ख्या ६४५ भन्दा माथि पुर्याएका छौ । यसले विश्व जनसमुदायमा वन्यजन्तु संरक्षणमा नेपालको नेतृत्व तथा दायित्वबहन क्षमता  देखाएको  छ ।

सबै नतिजा तेतीको सुखद भने छैनन् । हाब्रेको संग्ख्या नेपालमा हाल केवल २३५ देखि १०६१ को अनुमानित संग्ख्यामा छ, अनि पछिल्लो २० वर्षमा विश्वबाट हिमचितुवाको संग्ख्या २०% भन्दा बढिले घटेको छ र हाल विश्वभरमा केवल ४००० भन्दा कम रहेको अनुमान गरिएको छ । आफुलाई खरबौको संग्ख्यामा पुर्याएको मानिस अन्य जीवजन्तुको लागि यत्तिको निरंग्कुश कसरि हुनसक्छ ।

नेपाल भूपरिबेष्ठित राष्ट्र हो तर पनि येहाको हजारौ ताल तलैया, अनि नदि नालाले येहाका जल आश्रित जीवन आफ्नै शैलीमा फुलाएको छ । कयौ हिमाली माछाहरु केवल नेपाली चिसो खोलामा मात्र पाइन्छन केहि राराको चिसो पानीमा मात्र पाइन्छन । भाख्खारा भख्खरै आएको वाग्मती नदीका केहि भागमा माछा पालन सम्मका खबर साच्चै सकारात्मक छन् । साथै केहि चिन्ताको विषय पनि छन् । कर्णाली नदिमा २०१७ मा भएको अध्ययन अनुसार डल्फिनको संग्ख्या ६६% ले घटेको पाइएको छ । पानिको बहाबको मात्रा नमिल्दा, वाढी, पहिरो इत्यादिले तिनीहरुको वासस्थान परिवर्तन गरेको हुनसक्ने अध्ययनको अनुमान थियो । लोपुन्मुख घरियालको संख्या पनि लगातार अस्थिर छ ।

हाल नेपालको आकाशमा ८०० प्रजाति भन्दा धेरै चराहरु ऊड्दछन, जसमा १५% भन्दा बढि लोपुन्मुख छन् । हुन त विज्ञानले प्रयोगशालामा नै मासु उत्पादन सम्मको प्रविधि भित्र्याई सक्यो । तर प्रकृतिसंग जोडिएका जैविक बिबिधताको आफ्नै महत्व छ । चाहे जति नै आधुनिक भए पनि हामि आफ्नै घर, आफ्नै जननी बाट कति नै समय टाढिन सक्छौ र ? उत्पति अनि विकासक्रमसंग जोड्ने नै येही प्रकृति हो, जसको विनासबाट कसरी हाम्रो विकास हुन सक्छ ? आउनुहोस् वन्यजन्तु संरक्षणमा हामी पनि हातेमालो गरौ । सरकारलाइ घच्घच्याउं, सम्रक्षण बारे बहस गरौँ, प्रचार गरौँ, एसको महत्व बुझौ ।













Post a Comment

0 Comments