शान्त सहनशील बादरहरु

२०७५ साल, वैशाखको महिना ।

सम्पूर्ण नेपाल भूकम्पले छियाछिया भएको थियो । गाउँ, सहर, चोकका घरहरु ढलेका थिए । यसरी सम्रचना छियाछिया हुदा सहयोगी हातहरु एकजुट भए । वर्षौदेखि नबोलेका मानिसहरु सहयोगका निम्ति बोले अनि फुटेका सम्बन्धहरु पनि जोडीए । भूकम्प जस्तो ठुलै प्राकृतिक प्रकोपले नयाँ मानवसम्बन्धहरु स्थापित गर्न सहयोग गरेको हुन्छ ।

स्रोत: पिक्साबे


यस किसिमको ब्यबहार मानव प्रजाति बाहेक अन्य जनावरमा पनि स्थापित रहेछ । यो हप्ता प्रकाशित अमेरिकी वैज्ञानिकहरुको नयाँ अनुसन्धानले सो गुण रातो बादर (अर्थात नेपालका मठमन्दिरमा प्रसस्त पाइने बादर समूह)मा समेत रहेको दाबि गरेका छ । सो अध्ययन अमेरिकी पोर्तोरिको क्षेत्रमा भारतबाट स्थानान्तरन गरिएको रातो बादरमा गरिएको थियो । ‘हरिकेन मारिया त्यस क्षेत्रमा गएको निकै भयानक आधिबेरी थियो जसलाई झेलेका बादरहरु हुरी पश्चात स्वाभाविक रुपमा कम झगडालु, बढी सहनशिल र नयाँ सम्बन्ध बनाउन अग्रसर देखिए’, करेन्ट बायोलोजी जर्नलमा अप्रिल ८मा प्रकाशित अध्ययनले जनायो ।


प्राकृतिक प्रकोपजस्तो ठुलै समस्याको घडीमा सो बादरहरु अन्य समय भन्दा कम झगडालु, बढी सहनशिल र नयाँ सम्बन्ध बनाउन अग्रसर देखिए ।


‘समस्याको घडीमा यी बादरहरु पुराना सम्बन्धमा सिमित रहेनन् । बरु उनीहरु नयाँ सम्बन्ध अघि बढाउन रुची देखाउने किसिमका भए । नचिनेका बादरसँग सहज ब्यबहार देखाउन थाले । उनीहरुमा लुछाचुडी तथा झगडालु स्वभाब घटेको पाइयो ।’ पेन्सलभेनिया विश्वविधालयकी क्यामिले टिस्टार्डले अध्ययनको प्रेस रिलिजको क्रममा भनिन् । हरिकेन ‘मारिया’ २०१७ मा पोर्तोरिको भूभागमा गएको निकै शक्तिशाली भुमरी थियो जसको कारण तीन हजार भन्दा बढी मानिसको मृत्यु भयो । त्यो समय कायो सान्टियागो टापुमा टिस्टार्डको अध्ययन टोली रातो बादर (अर्थात अंग्रेजीमा रेसस मकाक) को ब्यबहारिक अध्ययन गर्दै थियो । तर आधिहुरी-भुमरी पश्चात बादरहरुको स्वाभाविक ब्यबहार पहिलेको तुलनामा फरक देखिन्थ्यो । अन्जानहरुसँग बोल्ने, कम झगडालु हुने, पुराना समुहकै साथिहरुलाई भन्दा अन्य बाहिरी चिनजान बढाउने गरेको पाइयो । 



आधीहुरीले पर्यावरण नै तहस नहस बनाएपछि बादरहरुमा आएको यस्तो ब्यबहारिक परिवर्तनले टिस्टार्ड तथा अनुसन्धानकर्ता समुहलाई बादरहरुले बनाउने सामाजिक सम्बन्धको विषयमा अध्ययन गर्न विशेष उत्सुक बनायो । आधिहुरी पश्चात कमै रुखहरु उक्त टापुमा ठडिएका थिए र उच्च गर्मिको समयमा ती बादरहरु “आफु बस्ने गरेको रुखको छाहारीमा अरुलाई स्थान दिन समेत उत्सुक देखिन्थे” अध्ययनमा संलग्न इक्जेटर विश्वविधालयकी लौरेन ब्रेंटले बताइन् ।

जुन बादरहरु पहिले एक्लो रहन्थे, त्यस्ता बादरहरु पनि धेरै बादरहरुसँग नजिक भए । फेरी विशेष गरी पोथी बादरहरुमा धेरै बादरहरुसँग सजिलै मिल्नजुल्न सक्ने गुण विशेष देखिन्थ्यो ।

मौसम परिवर्तनको कारण यस्ता हावाहुरी, आधिबेरी, बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका सम्भावनाहरु बढ्दै जाने दावी गरिन्छ । यस्ता प्रकोपहरुको जवाफमा हाम्रा पर्यावरणमा रहेका वन्यजन्तुहरु कसरी अनुकुलित हुन्छन्, उनिहरुमा कस्तो ब्यबहारिक परिवर्तनहरु देखिएला, त्यसले हाम्रो पर्यावरण र मानव स्वयममा कस्तो असर पर्ला, अबको चासोको विषय हो । त्यसैले यी अनि येस्ता विषयका अध्ययनले जनावरको ब्यबहारिक अध्ययनमा निकै महत्व राख्छन ।

विषम प्रकोपपछीको विशेष घडीमा बनेका सम्बंधहरुको भविष्य कसरी निर्धारित हुन्छ होला ? त्यो सम्बन्धहरु कतिको टिकाउ हुन्छ होला ? यस्ता सम्बन्धहरुले बादरको जीवनरेखामा तात्विक भिन्नता ल्याउन सक्छ या सक्दैन ? के यसरी नयाँ सम्बन्धहरु बनाउने बादर कालान्तरमा अन्य बादर भन्दा धेरै समय बाच्छन्? के उसका धेरै सन्ततिहरु हुन्छन्? यी अनि यस्ता कयौ प्रश्नका उत्तरहरु टिस्टार्डको समूहले आगामी दिनहरुमा खोज्दै जाने निधो गरेको छ । 


लेखक: सौगात बोलखे

बोलखे स्वतन्त्र विज्ञान लेखक हुन् । उनि मौसम परिवर्तन, मानव विकासक्रम, तथा जीव विज्ञानका नविनतम अनुसन्धान लेखनमा विशेष चासो राख्छन् ।


Post a Comment

0 Comments