मानिसमा वर्ड फ्लू



१९१८मा संसारकै सबैभन्दा ठुलो फ्लु भाइरसको संग्क्रमण भएको थियो । जसलाई आज स्पेनिस फ्लु महामारी भनिन्छ, यसले संसार भरमा 5 देखि १० करोड मानिसहरु मारेको थियो अनि वैज्ञानिकहरुको दावी अनुसार उक्त महामारी वर्ड फ्लु बाट नै सुरु भएको थियो । वर्ड फ्लु गराउने अनेक स्ट्रेंन हरु छन् जस मध्य शक्तिशाली स्ट्रेन एच फाइभ एन वान हो , जसले १९९७मा हंगकंगमा ठुलै तनाब सृजना गरेको थियो । चराको समूहमा महामारी फैलाउने यो फ्लु मानिसमा सरेको थियो, जसको कारण १८ मानिस ग्रसित भए भने ६ जनाको मृत्यु भयो । यसको रोक थामको लागि हंगकंग वरपरका सम्पूर्ण कुखुराहरु मारिएको थियो  तथापि २००३ मा भिएतनाममा यस्ता थप केसहरु थपिय जुन पछी एसिया तथा अन्य पश्चिमी देशहरुमा फैलिएको पाइयो । यसको कारण हालसम्म ८२६ मानिस संग्क्रमित भएको र ४४० मानिस मरेको डब्लु एच ओ को दावी छ । प्राय जसो वर्ड फ्लुका स्ट्रेनहरु चरा आफैलाई तेती घातक हुदैनन तर केहि शक्तिशाली स्ट्रेनहरुले भने महामारी नै फैलाउने सक्ने क्षमता पनि राख्दछन । मानिसमा लाग्ने हरेक फ्लुको उदय अनि इतिहास चराहरुमा नै गएर जोडिन्छ । सजिलै उडेर संसारको विविध भागमा पुग्ने अनि लाखौमा संग्क्रमण गराउन सक्ने  क्षमता भएकाले फ्लु भाइरसको विकासक्रम सजिलै चराहरुमा भएको पनि दावी छ । मानिसबाट मानिसमा फैलिएको उदाहरण अहिले सम्म नभएपनि यो भाइरसको क्षमतामा कसैले शंका गर्ने अवस्था छैन, मानिसमा संग्क्रमण गर्दा यी भाइरसहरु पूर्ण परिवर्तित हुन्छन जसलाई म्युटेसन् भनिन्छ ताकी संग्क्रमित शरीर संग भाइरस अभ्यस्त होस र संग्क्रमण फैल्याउन सकोस । 
विविध खोप, औषधि, एन्टिबायोटिक्सहरुको प्रयोग अनि विकाससगै भाइरस, ब्याक्टेरिया तथा अन्य जीवाणुको पनि रोग फैलाउने शक्तिमा क्रमानुसार ब्रिदी भैरहेको छ । मानव कुनै अर्को महामारीबाट विलाउन तेस्तो टाढा छैन, यो लडाई भ्याक्सिन र भाइरसको हो ।  कसको वर्चस्व को माथि ?


Post a Comment

0 Comments