कोरोना आक्रमण प्रक्रिया



क्राउनजस्तो आकारको कारण कोरोना नाम दिइएको कोभिड १९ भाइरसले हाल महामारीको रुप लिएको छ । यस भाइरसको बाहिरी तहलाई फ्याट तथा लिपिडले बेरेको हुन्छ । जसलाई मेडिकल भाषामा भाइरल इन्भेलप पनि भनिन्छ । भाइरसको भित्री तह वंशानुगत कोडहरुको समूह अर्थात आर एन ए बाट निर्मित हुन्छ । सो भाइरस जीवको शरिर बाहिर बस केहि दिनमात्र बाच्न सक्छ र यसलाई सजिलै टुक्राउन अथवा निष्क्रिय गराउन सकिने भाइरसको समूहमा पर्दछ । किनकि जब यीनको बाहिरी तह ध्वस्त हुन थाल्छ तब भाइरस निष्क्रिय हुन थाल्छ । जसरी चिल्लो हातलाई सावुन पानीले धुदा चिल्लो हराएर जान्छ त्यस्तै साबुनले भाइरसको फ्याटयुक्त बाहिरी आवरणलाई सर्वप्रथम खुलाउदछ र टुक्राउदछ । टुक्रिएका ती भाइरसका कणहरुलाई साबुनको फिजले समाउदछ र पानिसंग धुदा त्येस्ता भाइरसका कणहरु बगेर जान्छन ।

Image result for corona virus nat geo
कोरोना भाइरस एनिम्याटेड (स्रोत: नेसनल जिओग्राफिक)

हाम्रो शरीरलाई संग्क्रमित गराउने क्रममा भाइरसको बाहिरी तहलाई शरीरको ए सी ई २ प्रोटिन बनाउने कोषको बाहिरी तहसंग फ्युजन गराउदछ र कोषमा नै समाहित हुन्छ । अनि आफ्नो वन्शानुगत पदार्थ आर एन ए छोड्दछ । भाइरसको वंशानुगत तह लगभग ३०,००० लेटरबाट बनेको हुन्छ जबकि हाम्रो वंशानुगत तह करोडौ लेटरको हुन्छ . यसरी भाइरसले नियन्त्रित गरेको कोषलाई थप भाइरस बनाउन निर्देशन दिने गर्दछ ।
भाइरससंग समाहित सेलले सो वान्शानुगत आर एन ए  पढेर निर्देशन अनुसारको प्रोटिन बनाउदछ जसको कारण भाइरसको संग्ख्या बढ्दछ र आत्मरक्षा प्रणालीलाई संचालित नहुने बनाउछ । जसले गर्दा थप नया प्रोटिन र थप नया कोरोना भाइरसका कपिहरु बन्दछ्न । अब बस एक संग्क्रमित सेलबाट दशौ लाख भाइरस तयार हुन्छन । त्यहि क्रममा जब हाम्रो आत्मरक्षा प्रणालीले चाल पाउछ तब भाइरसबाट जोगाउन शरीरमा ज्वरो ल्याउदछ । धेरै नै भएपछी भाइरसले नियन्त्रित गरेका फोक्सोका कोषहरुलाइ नै आक्रमण गर्न सक्दछ । जसले गर्दा फोक्सोमा शरिरकै तरल पदार्थ जम्दछन । त्येस्ता तरल पदार्थ र मृतक सेलका कारण फोक्सो जमेको जसरी बाक्लो हुन्छ, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ ।
Image result for corona virus nat geo
फोक्सोमा कोरोनाको आक्रमण (स्रोत: न्याट जिओ)

त्यस्तो भाइरस हाम्रो शरिरको बाहिरी छालाको तहबाट भने छिर्न सक्दैन किनकी छालाको तह केहि अम्लिय हुन्छ । अध्ययन अनुसार कोरोना कार्डबोर्डमा २४ घण्टा रहन्छ . स्टिलमा दुइ दिनसम्म र साह्रो प्लास्टिक जस्तै प्रोपाइलिनमा ३ दिनसम्म रहन सक्छ । कप्पर (तामा)को भाडोमा भने भाइरस केवल ४ घण्टा मात्र बाचेको पाइयो जसले प्राकृतिक रुपमा नै तामाको भाइरस तथा ब्याक्टेरिया टुक्र्याउने गुण जनाउछ । साधारणतया सार्वजनिक स्थानका सतहहरु जस्तै बसको डन्डी पोल, भर्याङ्गको रोल मार्फत फैलिने सम्भाबना अन्य भन्दा धेरै भयो । उश्डता तथा गर्मिको समयमा व्यक्तिका र्यालका कण तथा छिटाहरू अरु समय भन्दा छिटो झर्न सक्यो, त्यसैले गर्मि समय सुरु भएपछी संग्क्रमन रोकिन सक्ने पनि बताइन्छ तर पनि यसको यकिन प्रमाणित भने भएको छैन .  साथै युभी किरणले पनि भाइरसलाई टुक्र्याउने जनाइन्छ ।

नोट:
2. https://www.cdc.gov/coronavirus/2019-ncov/prepare/transmission.html
3. https://www.livescience.com/how-coronavirus-spreads.html
4. https://www.nytimes.com/interactive/2020/03/11/science/how-coronavirus-hijacks-your-cells.html






x

Post a Comment

0 Comments