लकडाउन खुलाउने उचित बाटो

कोभिड १९ले आक्रान्त समाज, केवल लकडाउनकै भरमा सधै शान्त रहन सक्दैन । विकसित या विकाससशील सम्पुर्ण राष्ट्रहरु लकडाउनबाट बाहिर निस्कन चाहन्छन । यो परिपेक्षमा जिवशास्त्री युरी एलानले प्रस्ताब गरेको पृथक मोडालीटि समाउन सकिए लकडाउनबाट ध्वस्त जिवनशैली तथा अर्थव्यवस्थालाई सुधार्न सकिन्छ । उन्को मोडालिटी यस प्रकार रहेको छ ।

कोभिड-१९ सङ्क्रमण भएपछि कुनै व्यक्तिमा लक्षण देखाउन लाग्ने समयावधी भनेको लगभग १४ दिन हो । सुरुको ५ दिनजति संग्क्रमितको शरिरमा भाइरस विकसित हुनै लाग्छ । त्यसैले भाइरसले समातेको सुरुको ४-५ दिनमा पुराना संग्क्रमितबाट नयाँ संग्क्रमण बढ्ने सम्भावना न्युन हुन्छ । बस यहि समयाबधीको उनी लगाएतका वैग्यानिकको टिम फाइदा उठाउन चाहन्छन ।


व्यापार, ब्यवसाय, स्कुल, कलेज, उधोग, तथा संस्था चलाउन निश्चित ब्यक्तिहरुलाई एउटा आइडी दिन सकिन्छ । तोकिएको समुहका आइडीयुक्त ब्यक्तिहरु सुरुको ४ दिन काम गर्छन । त्यसपछिको १० दिन उनिहरु घरमा बस्छन अनि अर्को आइडिका समूहका व्यक्तिहरू उनीहरुको ठाउँमा कार्यमा लाग्छन । सम्भव भएका क्षेत्रहरूमा घरमा बसेर पनि इन्टरनेटका माध्यमबाट कार्य गराउने तर्फ संस्था पनि लाग्नु पर्छ . सम्भब नभएका क्षेत्रमा थोरै राहत प्याकेजको ब्यबस्थापन गर्नै पर्छ . यदि सो दश दिनभित्र आइडी-१ का ब्यक्तिहरुमा कोरोनाको लक्षण देखियो भने उनीहरु आवश्यक उपचारतिर लाग्छन । यदि छैन भने १० दिनपछि फेरि ४ दिन काममा लाग्छन, र त्यसपछिको १० दिन होम क्वारेनटाइनमा । र प्रोसेस कन्टिनिउ हुन्छ । विना कुनै कार्ययोजना मात्र लाकड़ाउन खोल्ने भनेर सुचारु गर्दा पहिले नै बढिरहेको कोभिड १९का बढ्दा विरामी संग्ख्या आकासिने छ । यो तरिकाको विभिन्न फाउदा देखिन्छ्न:

  • प्रथम त लामो समय देखिको बन्द अर्थतन्त्र चलायमान भयो ।
  • दोस्रो सङ्क्रमणको दर घट्न सक्छ, किनकी अन्यलाई सङ्क्रमित पार्न सक्ने मुख्य १० दिन व्यक्ति होम क्वारेंटाइनमा हुन्छ र धेरैको समिपमा आउदैन ।
  • तेस्रो आखिर टेस्ट ककस्लाई गर्ने भन्ने प्रश्नको पनि समाधान आउँछ । स्वभाविक रुपमा सो दश दिनमा संग्क्रमीत भएकाहरुलाई टेस्ट तथा उपचारमा प्राथमिकता दिने ।

यो ब्यबस्था कतिपय युरोपेली मुलुकहरूले पनि सबल रुपमा अपनाईसकेको अवस्था रहेको छ र भाइरस नियन्त्रण भैरहेको छ । विषम परिस्थितिबाट पार पाउन हामीले बलियो मोडालिटी अपनाउनै पर्छ । भारत या ब्राजिलमा बढिरहेको संग्क्रमित संग्ख्या कहाली लाग्दो छ । सो देशहरूलाई देखाउदै हाम्रो त त्यतिको संग्क्रमित छैनन नि भनेर ढुक्क हुने अवस्था छदै छैन . पाठ न्युजील्याण्डबाट सिकौ, साउथ कोरियाबाट सिकौ . पक्कै यहाँ उल्लेखित तरिका पनि अप्ठेरो त छ । तर निर्विकल्प अलमलिनु भन्दा लकडाउनको योजनावद्द अल्टरनेटिभ सोचौं ।

उनका विचार यो लिंकबाट सुन्न सकिन्छ । 

Post a Comment

0 Comments