के यो सम्भब छ ?

इलन मस्क, एक असाधारण प्रतिभा, जसको सिलिकन भ्यालीमा छुट्टै रबाफ छ - आफ्नै प्रभाब छ । टेस्ला, स्पेएक्स जस्ता प्रभाबशाली कम्पनी संरचनाले उनलाई फरक तहका इन्टरप्रेनर बनाएको छ । उनी अहिलेको समय अर्को रोचक अनि अहिले सोच्दा लगभग असम्भब लाग्ने कार्यतर्फ उद्धत छन । उनी यस्तो सन्सार अनि भबिश्यमा आशावादी छन् जुन कमैले पत्याउलान्: न्युरालिन्कको भविष्य । वास्तबमा जसरी रोबोटिक आर्टिफिसियल इन्टेलिजेन्स (.आई)को विकास भैरहेको छ, त्यसको सम्भावनाले मस्कलाई चिन्तित तुल्यायो । यहि दरमा रोबोटिक इन्टेलिजेन्स विकसित हुदै जाने हो भने, एक दिन पक्कै रोबोटले मानवलाई हर विधामा उछिन्नेछ । सायद मानवको औचित्य नै सकिन सक्नेछ । त्यसैले यसको समाधान भनेको बरु ए.आई. लाई मान्छेसँग मिश्रित गराइदिने हो । न्युरालिन्क कम्पनी हाम्रो दिमागका अरबौ न्युरोनमा संचालित म्यासेजलाई कम्प्युटरले बुझ्ने कोडमा परिवर्तित गराउदै एक आपसमा सन्देश प्रवाह गर्न सकिने भविष्यको कल्पना गर्दछ । हाम्रो शरीर ससाना कोसीकाबाट बनेको छ हाम्रो मस्तिष्कमा अरबौ विशेष कोसीकाहरु हुन्छन जस्लाई हामी न्युरोन भन्दछौन्युरोन शरीरका अन्य कोसीका भन्दा विल्कुल फरक छन् । न्युरोनहरूले हामीलाई हाम्रो ग्यानेन्दृयहरू (जस्तै नाक, कान, आखाँ, जिब्रो, छाला)बाट आएका सन्देशहरुलाई मस्तिष्क मार्फत देखाउदछन्, सुनाउदछन्, सुघाउदछन् र मेमोरी कार्ड जसरी भविष्यको लागि बचाउदछन्



जस्तै आखाको रेटिनामा बन्ने चित्र हामी मस्तिष्कमा उतार्छौ र बल्ल आखाँ मार्फत देख्दछौँ । कानमा सुनिएका आवाज मस्तिस्कमा उतारीएपछी मात्र सुनिन्छ । हाम्रो आखाँ, कान, छाला सबै संदेश या म्यासेज पाउनका लागि तयार पारिएका प्राकृतिक यन्त्र नै हुन, जस्का माध्यमबाट हामीले बाहिरी वातावरणका उपयुक्त सन्देश पाउदछौँ । अनि हामी बोल्छौँ, भावना राख्छौँ, हातबाट लेख्छौँ यी सबै दिमागी संदेश बाहिर प्रबाह गर्नका लागि तयार माध्यम मात्र हुन्त्यसको उदय मस्तिस्कका न्युरोनबाटै हुन्छ । त्यस्ता सन्देश हाम्रो शरीरको विभिन्न मसलबाट बाहिर निक्लन्छन् । तर अहिलेको वैज्ञानिक युगमा प्रकृतीले दिएका यी सामान्य माध्यममामात्र बाधिनु आवश्यक छ र ? अब हामी टेक्नोलोजीकल माध्यममा जाने समय भएन र ? मलाई मस्कको यस किसिमको विचारधाराले आशावादी बनायो ।



यस्को थालनी नै वर्तमान सेरोफेरोमा भैसकेको छ । जस्तै, कानको भित्री कक्लियामा समस्या आउदा आवाज नसुन्ने मानिसहरुमा कक्लिया ट्रान्सप्लान्ट मार्फत मेसिन राखिन्छ । उक्त यन्त्रले बाहिरी ध्वोनीलाई दिमागले बुझ्न सक्ने सिग्नल बनाएर व्यक्तिले सुन्न सक्ने बनाइदिन्छ । त्यस्तै आखाको रेटिना समस्याले आँखा नदेख्ने मानिसहरुका लागी रेटिनल ट्रान्स्प्लान्ट गरी यन्त्रमार्फत दिमागमा सिग्नल प्रसारण गराइन्छ र दृष्टिबिहिन व्यक्तिलाई सन्सार देखाउन सकिएको छ । यो कुनै समयको असम्भावना सम्भब भएको छ अचेल त्यसैले असम्भावनामा म प्रश्न चिन्ह उठाउने गरेको छु । संग्कुचित भएर सोच्दछु । आखिर के हो असम्भब ?


असम्भावनाको पनि लिमिट हुन्छ नि यार । जस्तै तपाईले कुनै फिल्म हेर्नुभयो । फिल्म हेरिसक्दा तपाईको मस्तिस्कमा हजारौ भावना, बिचार ल्याइदिन सक्छ । तर जब तपाईं ती दिमागी भावनालाई शब्द या बोलिको माध्यमबाट अरु समक्ष राख्नुहुन्छ, तब त्यो भावना सायद पुर्ण रुपमा प्रस्तुत नै हुदैन । अझ थप्नु पर्दा, यो त व्यक्तिमा पनि भर पर्दछ । कोहि सजिलै आफ्ना मस्तिष्कमा थुप्रिएका न्युरोनका विचाररुपी सिग्नल सजिलै अरु समक्ष राख्न सक्छन् भने कोहि बिल्कुल सक्दैनन्साथै तपाईको विचार सुन्ने व्यक्तिले भने तपाईको बोलिमार्फत आएका सन्देश, आफ्नो अनुभबमा मिसाउदै बुझ्न खोज्छन । यो सारा चक्करमा तपाईका विचार अनि भावना, पूर्ण प्रष्फुटन नहुन सक्छन् । सायद न्युरालिकको विकास पछी त्यो समस्या रहदैन । यस्तो अप्ठ्यारो प्रविधि विकासमा सायद इलनलाई नै आउनु थियो किनकि इलन स्वयम् आफ्नो विचारधारालाई अरु समक्ष सजिलै प्रस्फुट गर्न जान्दैनन् । उनि बुझ्न नसकिने - आउडो बाउडो प्रविधिमा रमाउछन् । उनि ब्रेन मेसिन इन्टरफेसमा पूर्ण विश्वस्त छन् ।



हाम्रा बिचार, भावना, सम्झना, सपना पोख्न अब बोलिमा मात्रै किन निर्भर हुने ? आखिर हाम्रा दिमागी संदेशलाई बोल्ने माम्सपेसी (भोकल कर्ड) मार्फत प्रसारित हुने बोली, बस एक माध्यम हो । जस्तै प्रविधिको युगमा तपाईका दैनिक जीवनका हालचालहरुलाई प्रस्तुत गर्ने कति धेरै माध्यम छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब । हो त्यस्तै हाम्रा दिमागको हालचाल प्रस्तुत गर्ने, बोलि पनि एक प्राकृतिक माध्यम हो । ब्रेन मेसिन इन्टरफेस, दिमागी न्युरोनका संदेशलाई सजिलै बुझ्न सक्ने मेसिनमा पठाउन चाहन्छ । दिमाग-मेसिन-दिमागमा न्युरोनका संदेश आदान प्रदान गराउन चाहन्छ । जसले एक मस्तिस्कको भावनालाई कुनै यन्त्रले बुझ्ने भाषामा परिणत गर्दछ । ताकी परिवर्तित संदेश अर्को मान्छेको दिमागी न्युरोनले बुझ्ने भाषामा पठाउन सकियोस् । सुन्दा अचम्म लाग्न सक्छ । मलाई यो विषयमा एति धेरै लेख्दा त अचम्म लाग्दैछ, यदि तपाई यो प्रविधिबारे भख्खरै जानकार हुनुहुन्छ भने म तपाईको मनोदशा बुझ्दछु । यो प्रक्रियाको लागी एक किसिमको माइक्रो चिपको प्रयोग हुन्छ जसले हाम्रो न्युरोनहरुको म्यासेज रिड गर्न सक्नेछ । त्यो माइक्रो चिपबाट निस्कने माइक्रो थ्रेडहरु सानो रोबोटिक अप्रेसन मार्फत हामीमा जडान हुन्छ । त्येस्ता माइक्रो थ्रेडहरु हाम्रो एउटा कपालको त्यान्द्रो भन्दा १० गुणा मसिना हुन्छन । त्यसरी माइक्रो चिप जडान भैसकेपछि, विश्वको कुनै अर्को कुनाको ब्यक्तीसँग हामी बोल्न सक्छौं जसमा पनि त्यो चिप जोडिएको हुन्छ । फेरी बोल्ने शैली पनि फरक छ, बिना कुनै आवाज, बिना कुनै सङ्केत । किनकि त्यो न्युरल चिप मार्फत उनिहरुको न्युरोनहरु जोडिएका हुन्छन । जस्तै तपाईलाई आफ्ना भावना बुझ्न आफैसँग बोलिको आधारमा कुरा गर्न पर्दैन नि । मनमनै विचार गर्नुहुन्छ, सम्बाद गनुहुन्छ । हो, ठ्याक्कै त्येस्तै ।
अनि यो सन्सार बिल्कुल फरक हुनेछ जब तपाईं तिलिचो या रारा घुम्न जानुहुनेछ, सगरमाथा चढ्न जानुहुनेछ । त्यो प्राकृतिक मनमोहकता देखाउनका लागि आफ्ना नजिकका साथीलाई दिमागबाटै रिक्वेस्ट गर्नुहुनेछ । जब रिक्वेस्ट एक्सेप्ट हुन्छ, कहि टाढा अर्कै स्थानको त्यो ब्यक्ती पनि दिमाग-दिमागमै सगरमाथा या तिलिचोको भ्रमण गर्न पुग्दछ । सम्पुर्ण दृष्य देख्न पाउदछ । चराको चिरबिर आवाज सुन्न पाउनेछ, हावाको बेग महसुस गर्नेछ । दिमाग-दिमागबाटै उस्का उत्साह, भावना अनि अनुभव साटासाट हुनेछ एउटा मस्तिस्कबाट संदेश प्रवाहित हुनेछ र अर्को मस्तिस्क या कम्प्युटरमा त्येस्ता अनुभबहरु पठाउना वा कैद गर्न सकिनेछ । अनि आफुलाई मन लागेको समय अनुभब गर्न सकिनेछ ।

ब्रेन मेसिन इन्टरफेसमा आधारित यस किसिमको सन्सार बनाउने ट्रेण्डमा इलन मस्क र उनको टिम अहिले न्युरालिन्कमा बृहत् रुपमा अघि बढिरहेकान् कोरोना जस्तो प्रकोपको भयको विच भविष्य आशावादी पनि देखिन्छ । र पक्कै टेक्नोलोजीको सकारात्मक प्रयोग पनि आवश्यक छ । 

Post a Comment

0 Comments